परराष्ट्रमन्त्रीले भने- इजरायलमा केही नेपाली हताहत भएको हुनसक्छ
काठमाडाैं। सरकारले प्यालेस्टिटानी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी केही नेपाली विद्यार्थी हताहत भएको हुनसक्ने जनाएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा इजरायलमा रहेको नेपालीको अवस्थाकाबारे जानकारी दिँदै परराष्ट्रमन्त्री एनपी साउदले द्वन्द्वग्रस्त क्षेत्रमा १७ जना विद्यार्थी रहेकामा २ जना सम्पर्कमा आएको, ३ जना घाइते भएको र १२ जना सम्पर्कमा नरहेकाले उनीहरुमध्ये केही हताहत भएको हुनसक्ने बताए।
दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएको उनको भनाइ छ। उनले इजरायलमा भएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको र प्रधानमन्त्रीको अध्यक्षतमा बैठक बसी परराष्ट्रमन्त्रीको संयोजकत्वमा सवै सरोकारवाला निकायहरु सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको बताए।
संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर आवश्यक कार्य गरेको उनले बताए। उनले नेपाली राजदूतावासलाई नेपालीको उद्धार गर्न, इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नका लागि नेपालीहरुलाई जानकारी गराउन निर्देशन दिएको उल्लेख गरे।
नेपाल सरकार इजरायलमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नका लागि पूर्णरुपमा प्रतिवद्ध रहेको उनले बताए।
इजरायलमा हाल ४ हजार ५ सय नेपाली केयर गिभरमा रहेका छन् भने २६५ विद्यार्थीहरु अध्ययनरत रहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment