विश्वकपमा अस्ट्रेलियाका डेभिड वार्नरले विश्वरेकर्ड बनाए, सचिन तेन्दुलकरको रेकर्ड तोडे

डिसी नेपाल
२१ असोज २०८० १५:४८
12.1k
Shares

काठमाडौं । विश्वकप क्रिकेटमा आज भारतले आफ्नो पहिलो खेल अष्ट्रेलियासँग चेन्नईमा खेल्दैछ । अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

अष्ट्रेलियाले ११ ओभरमा एक विकेट गुमाएर ५१ रन बनाएको छ ।

यसैबीच अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले आफ्नो नाममा ठूलो कीर्तिमान बनाएका छन् । वार्नरले एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो एक हजार रन बनाउने कीर्तिमान बनाएका छन् ।

डेभिड वार्नरले १९ इनिङ्समा एक हजार रन पुरा गरेका छन् । यो कीर्तिमान यसअघि भारतका सचिन तेन्दुलकरको नाममा थियो । सचिन तेन्दुलकरले २० इनिङ्समा हजार रन पूरा गरेका थिए ।

यस्तै एबी डिभिलियर्सले २० पारी, भिभियन रिचर्ड्सले २१ पारी, सौरभ गांगुलीले २१ पारीमा हजार रन पूरा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.