मुलुकको अर्थतन्त्रका बारेमा प्रधानमन्त्री र अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्छः सांसद वाग्ले

डिसी नेपाल
२१ असोज २०८० १६:२६
40
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रका बारेमा प्रधानमन्त्री र अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको शुन्य समयमा वाग्लेले बजेटले लिएका लक्ष्य र समयसीमा अनुसार काम हुन नसकेको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने सदनमा आएर जवाफ दिनुपर्ने बताएका हुन्।

उनले रेमिट्न्यास, पयर्टक र निजि क्षेत्रले गरेको लगानीका कारण अर्थतन्त्रमा केहि सकारात्मक सूचक देखिएपनि सरकार आफैले भने केहि गर्न नसकेको तर्क गरे। कसिलो आयात र मौद्रिक नीतिले गर्दाखेरी शोधानान्तर स्थिति अलिक सुध्रिएको देखिएको उनको भनाइ छ ।

वाग्लेले बजेटमा उल्लेख बिभिन्न बिषयमा अर्थमन्त्रीलाई शंकाको लाभ दिएपछि त्यस अनुरुप काम नभएको जिकिर गरे।उनले सरकारले ६ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य लिएपनि साढे तीन प्रतिशत ननाध्ने बिभिन्न प्रतिवेदनहरुबाट देखिएको धारणा राखे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.