भ्रष्टाचारविरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन सकेन : झलनाथ खनाल

डिसी नेपाल
२१ असोज २०८० १८:४२
32
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारविरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्।

पार्टीको समाजवादी जागरण अभियान अन्तर्गत आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले सुशासन र भ्रष्टाचारविरुद्ध सरकारले अभियान सुरु गरेपछि बिभिन्न प्रकरणहरु बिचैमा तुहिएकाले सरकारको अभियान प्रभावकारी हुन नसकेको बताएका हुन्।

उनले सुन तस्करी प्रकरणमा पनि मुख्य मान्छे नभई भरियामात्रै समातिएको जिकिर गरे। समाजमा दलाल पूँजीवाद हावी भएका कारण चाहेर पनि मुलुकबाट भ्रष्टचार अन्त्य हुन नसक्ने उनको भनाइ छ।

खनालले अर्धसामान्ती व्यवस्था र अहिलेको पूँजिवादी व्यवस्था शोषण मूलक व्यवस्था रहेकाले समाजविना देशलाई निकास दिन नसक्ने बताए। उनले देशमा रोजगार नहुदाँ युवाशक्तिहरु विदेशी भूमिमा पलायन हुनु परेको बताउदै देशमा नै रोजगारीको सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे।

खनालले मुलुकमा रोजगारी बृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै अभियानले मुलुकलाई निकास दिने दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.