तरुण दलका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

डिसी नेपाल
२१ असोज २०८० १९:४२
68
Shares

काठमाडौं। कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलका केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। केन्द्रीय समिति विस्तार भएको तीन महिनापछि आइतबार काठमाडौंको प्रज्ञा भवनमा उनीहरूलाई शपथग्रहण गराइएको हो।

सभापति शेरबहादुर देउवाले गत असार १३ गते विद्वान गुरूङ नेतृत्वको तरूण दलमा चार सय जना सदस्य मनोनीत गरेका थिए। उनीहरूलाई कांग्रेसका सहमहामन्त्री एवम् तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले शपथ खुवाएका हुन्।

कार्यक्रममा तरुण दलका पूर्वअध्यक्षहरु जीतजंग बस्नेत, उदयशम्शेर राणासहित पार्टीका केन्द्रीय सदस्यहरु राधा घले र लक्ष्मी खतिवडासमेत उपस्थित थिए। सभापति देउवाले ०७८ को चैतमै विद्वान गुरुङलाई तरुण दलको केन्द्रीय अध्यक्ष नियुक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.