इजरायलमा फसेका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक व्यवस्था गरिएको छ : गृहमन्त्री

डिसी नेपाल
२२ असोज २०८० १७:१८
16
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा अप्ठेरोमा परेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको बताएका छन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको पाँचौ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालय र दुतावास मार्फत इजरायलमा अप्ठेरोमा परेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको बताएका हुन् ।

नेपाललाई विकास र समृद्धि बनाउन सके रोजगार वा शिक्षाका लागि विदेश जानुपर्ने अवस्था नआउने र विदेशमा हुने विभिन्न घटनामा नेपालीहरुले अनाहकमा ज्यान गुमाउने अवस्था नआउने उनले बताए । उनले नेपालमा नै राम्रो शिक्षाको व्यवस्था गर्न सरकारले विकास र समृद्धिमा जोड दिएको धारणा राखे ।

उनले देशमा भ्रष्टाचार र दण्डहिनता अन्त्य गरेमात्रै मुलुकमा सुशासन कायम हुने भन्दै यसका लागि सवैले योगदान गर्नुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.