इजरायलमा जोखिममा रहेका नेपालीलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन ध्यानाकर्षण
काठमाडाैं। नेपाली कांग्रेसले इजरायलमा जोखिममा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले इजरायलमा जोखिममा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा खान बस्नका लागि उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो।
बैठकले इजरायलमा ज्यान गुमाएका १० जनाको पार्थिव शारिरलाई यथासिघ्र स्वदेश ल्याएर परिवारजनलाई बुझाउने व्यवस्था गर्न समेत आग्रह गरिएको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
त्यस्तै सम्पर्कमा नरहेका नेपालीको खोजी गरेर अवस्था सार्वजनिक गर्ने, नेपाल आउन चाहने नेपालीका लागि सुरक्षित तवरले स्वदेश फिर्ताको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएको उनले बताए।
बैठकले इजरायलमा हमास समूहको आक्रमणको निन्दा गर्दै मृत्यु हुने नेपाली युवाप्रति श्रद्धान्जलीका साथै शोक प्रस्ताव पारित गरेको मुख्य सचेतक लेखकले जानकारी दिए।
बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए।







डिसी नेपाल








Facebook Comment