कोशी प्रदेशमा उद्वव थापाकै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

डिसी नेपाल
२३ असोज २०८० १५:२७
92
Shares

काठमाडौं। नेपाली कांग्रेसले कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाको नेतृत्वमै सरकार बनाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा मंगलबार  बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारीसहित नेताहरुको बैठकले कोशी प्रदेशमा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने र यसका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।

राप्रपाको सहयोग लिएर थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार थापाको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीभित्र मतभेद छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.