कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य

डिसी नेपाल
२३ असोज २०८० १७:४३
8
Shares

सुर्खेत । कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। चालु अधिवेशनको बैठकले कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरेको छ । दुईवटा विधेयक पारित गरेको चालु अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेसँगै कर्णाली प्रदेश प्रतिष्ठान विधेयक लागु भइसकेको छ भने निजामती कर्मचारी विधेयक भने प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको छ।

गत १० जेठदेखि सुरु भएको सो अधिवेशनमा ३९ बैठक बसेको सभामुख नन्द गुरुङले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.