एमालेले गरेको राम्रा कामका कारण अरु दलहरु अत्तालिए : ओली

डिसी नेपाल
२४ असोज २०८० १९:०४
12
Shares

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले गरेको राम्रा कामका कारण अरु दलहरु अत्तालिएको बताएका छन् ।

बुधबार जनकपुरमा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेका कामबाट आफ्नो भविष्य अन्धकार देख्नेहरु अत्तालिएको बताएका हुन् ।

यसअघिको एमाले सरकारले मुलुकको विकास र जनताका लागि असाधारण काम गरेको उनले बताए । उनले हुलाकी राजमार्गको काम गरेको र हजारौं पुल निर्माण गरेको दावी गरे । तराईमा सिचाइको पहुँच पुराउन सुनकोशी मरिन डाइभर्सन ल्याएर बारा, रौटहट, धनुषा लगाएतका १ लाख ८५ हजार बिगाहा जमिनमा सिँचाइको व्यवस्था गरेको र एमाले सरकारमा गएपछि तराईको सिँचाइको समस्या सदाका लागि अन्त्य गर्ने दावी गरे । एमाले सरकारले नै रेल किनेर सञ्चालनमा ल्याएको उनले बताए ।

एमाले अध्यक्ष ओलीले २०८४ मा नेकपा एमालेको एकल बहुमत एकमात्र अभियान रहेको बताए । उनले सहमतीमा अधिवेशन सम्पन्न गरि एकताको उदाहरण प्रस्तुत गर्न र २०८४ मिशन सफल गर्ने योग्य नेतृत्व छान्न निर्देशन दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.