कोशी प्रदेश प्रमुखलाई अख्तियारको प्रतिवेदन हस्तान्तरण

डिसी नेपाल
२४ असोज २०८० २१:३६
12
Shares

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयले आयोगको ३३औँ वार्षिक प्रतिवेदन आज यहाँ हस्तान्तरण गरिएको छ । आयोगका इटहरी कार्यालयका प्रमुख सुरेश न्यौपानेले उनलाई उक्त प्रतिवेदन बुझाएका हुन् ।

प्रदेश प्रमुख खापुङलाई नेपालको संविधानको धारा २९४ को उपधारा (३) वमोजिम आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रतिवेदेश बुझाइएको हो । प्रमुख खापुङले प्रतिवेदन बुझ्दै आयोगको सुझावलाई सङ्घ, प्रदेश र स्थानीय निकायले कार्यान्वयन गरी मुलुकमा सुशासन कायम गर्न सहयोग पुग्ने बताए । उनले भ्रष्टाचार न्यूनीकरण तथा सार्वजनिक सम्पत्तिको दुरुपयोग नियन्त्रण गर्न आयोग सचेत रही सतर्कतापूर्वक कार्य आगाडि बढाएकामा खुसी व्यक्त गरे ।

आयोगका इटहरी कार्यालय प्रमुख न्यौपानेले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्ने राज्यको नीति कार्यान्वयन गर्न निर्भिकता, निष्पक्षता र तटस्थताका साथ कार्यसम्पादन गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो । आयोगको इटहरी कार्यालयले सो अवधिमा कूल दुई हजार चार सय सातमध्ये एक हजार छ सय ६४ उजुरी छानबिन गरी फछ्र्योट गरेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.