विपद् व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी छ : गृहमन्त्री श्रेष्ठ

डिसी नेपाल
२६ असोज २०८० १३:२८
20
Shares

काठमाडाैं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन्।

जोखिम न्यूनिकरणसम्बन्धी शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले हालैको बाजुरा भूकम्प, मेलम्चीको बाढी, जुरे पहिरो लगाएतबाट भएका क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको प्रस्टाइरहेको भन्दै बिज्ञहरुको सुझावका आधारमा निति कार्ययोजना बनाउने बताएका हुन्।

बिपद व्यवस्थापन केवल विपद् घटाउने कुरामा मात्रै नरहेको र देश बिकासको जगसँग सम्बन्धित बिषय पनि रहेको उनले बताए।

उनले संसारभर नै पूर्वविपद सूचना प्रणाली बिकसित भएको अवस्थामा नेपालमा पनि पहिरो र भूकम्पको पूर्वसूचनासम्बन्धी बिषय महत्वपूर्ण रहेको दाबी गरे।

उनले विपद्बाट हुने जनधनको क्षतिलाई कम गर्नका लागि त्यही अनुसारको संरचना निर्माणको आवश्यकता देखिएको जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.