कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा

डिसी नेपाल
२६ असोज २०८० १७:३५
76
Shares

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीलाई नियुक्त गर्न माग गर्दै कांग्रस र एमालेका ४७ जना सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

कांग्रेसका ८ र एमाले ३९ प्रदेशसभा सदस्यहरु प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा पुगेका हुन्। संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि दाबी गर्न प्रदेश प्रमुखले दिएको समय सकिएको छ । प्रमुखको कार्यालयमा भेला भएका सदस्यहरुले कार्कीलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।

यस्तै कोशीको मुख्यमन्त्रीमा माअ‍ोवादीका इन्द्र आङ्बोले पनि दाबी पेश गरेका छन् । बिहिबार इन्द्र आङ्बोलाई समर्थन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका ४७ जना सांसदहरुले हस्ताक्षर गरेको पत्र बुझाइएको छ । दवै पक्षबाट ४७र४७ जनाको दाबी पेश भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आवश्यक संवैधानिक र कानुनी व्यवस्था बारे सुझाव लिएर निर्णय गर्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.