पार्टीमा बसेर संगठनलाई मान्दिन भन्न पाइँदैन : ओली

डिसी नेपाल
२६ असोज २०८० २०:१८
28
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बसेर संगठनलाई मान्दिन भन्न नपाउने बताएका छन् ।

शुक्रबार ललितपुरमा पार्टीको स्कुल विभागले पार्टी विभागले आयोजना गरेको कार्यक्रममा ओलीले पार्टीमा बसेर महासचिव, उपमहासचिव मान्दिन भन्नु संगठन बिपरित भएको भन्दै अनुशासनहीन र अराजकताले पार्टी अगाडी बढ्न नसक्ने बताए । पार्टीको अनुशासन नमान्ने व्यक्ति पार्टीको कार्यकर्ता हुन नसक्ने उनको भनाइ छ ।

ओलीले पार्टी सञ्चालन गर्न जनवादी केन्द्रीयता आवश्यकता रहको धारणा राखे । उनले पार्टीको संरचना स्वीकार गर्न नसकिए विधि र नितिहरुको पालना हुन नसक्ने जिकिर गरे ।

उनले पार्टीबाट प्रशिक्षित भएका व्यक्ति चेतनाको दियो भएर उभिन सक्नुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.