कोशीमा मुख्यमन्त्री नियुक्ति हुँदै, त्यस अघि सांसदको सनाखत हुने

डिसी नेपाल
२७ असोज २०८० ६:३४
212
Shares

काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीको आज टुंगो लाग्दैछ। सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने विषयमा आज छिनोफानो हुँदैछ।

शुक्रबार साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन लागेका छन्। बिहान ८ बजेदेखि दिउँसो २ बजे भित्र सनाखत गराई सकेपछि आज मुख्यमन्त्री नियुक्ति गर्ने उनको सचिवालयले जनाएको छ।

माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन्।

आङ्बोले बुझाएको पत्रमा राखिएको आफ्नो समुहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समूहले प्रतिबाद गर्दै आएको छ। सो समूहले आङ्बोले बुझाएको हस्ताक्षर नक्कली भएको भन्दै अस्वीकार गर्दै आएको छ।

सो आन्तरिक बिबादका कारण उत्पन्न परिस्थीतिका बारेमा परामर्श गरेर आज निर्णय लिने प्रदेश प्रमुख खापुङले जानकारी गराएका छन्। जसअनुसार कोशीमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.