शेखरलाई फोन गरेपछि कमल थापाले राष्ट्रपतिलाई भने-साझा हुनु भएन, राजीनामा दिनुहोस्

डिसी नेपाल
२७ असोज २०८० ८:३७
352
Shares

काठमाडौं। कोशी सरकार गठनमा पक्षधरता देखाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना सुरु भएको छ। कोशी सरकार गठनमा नेपाली कांग्रेसका शेखर कोइराला पक्षका केदार कार्कीले उम्मेदवारी दिए पछि त्यसलाई रोक्नका लागि राष्ट्रपति पौडेलले फोन संवाद गरे पछि आलोचना सुरु भएको हो।

सोही सन्दर्भलाई लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि राष्ट्रपति पौडेलको उक्त कार्यको आलोचना गरेका छन्। उनले सोही बिषयलाई लिएर राष्ट्रपति पौडेलले राजीनामा दिनु पर्नेसमेत माग गरेका छन्।

‘कोसी प्रदेशमा मूख्यमन्त्री छान्ने प्रक्रियामा गठवन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको छ,’ अध्यक्ष थापाले भनेका छन्, ‘पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन, तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.