२०२८ को लस एन्जलस ओलम्पिक खेलकुदमा क्रिकेट समावेश गरिने
काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले २०२८ लस एन्जलस खेलकुदमा क्रिकेटको टी–२० ढाँचा समावेश गर्न अनुमति दिएको छ ।
शुक्रबार मुम्बईमा जारी कार्यकारिणी बैठकमा आईओसीका अध्यक्ष थोमस बासले यो जानकारी दिएका हुन् । उनले लस एन्जलस आयोजकको टी–२० क्रिकेटको प्रस्तावलाई अधिकारीहरूले स्वीकार गरेको बताए ।
आईओसीका अनुसार क्रिकेटको यो फर्म्याटसँगै बेसबल–सफ्टबल, फ्ल्याग फुटबल, स्क्वास र ल्याक्रोस गरी चार अन्य खेल पनि समावेश गरिएको छ ।
यद्यपि, २०२८ खेलहरूमा उनीहरूको स्थान सोमबार आईओसी सदस्यहरू बीच नयाँ खेलहरूमा मतदान भएपछि मात्र निश्चित हुनेछ, त्यसपछि मात्र उनीहरूलाई आधिकारिक रूपमा समावेश गरिनेछ।
उल्लेखनीय छ कि आईओसी बोर्ड बैठक अक्टोबर १४ देखि १६ सम्म मुम्बईमा बस्दैछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment