कोशीमा कार्की मुख्यमन्त्री बनेपछि रविको प्रश्न- गन्तव्य एउटै भए सटर चाहिँ किन बेग्लाबेग्लै?

डिसी नेपाल
२७ असोज २०८० १२:४१
252
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पुराना दलहरुलाई महागठबन्धन कायम गर्न सुझाएका छन् ।

कोशीमा सत्ता गठबन्धनको निर्णय विपरीत कांग्रेसका शेखर कोइराला पक्षधर केदार कार्कीलाई एमालेले मुख्यमन्त्री बनाउन सहयाेग गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

अहिले कोशीमा भएको मिलेमताे जस्तै गत उपनिर्वाचनमा स्वर्णिम वाग्ले र आफूलाई हराउने प्रयत्न गरिए पनि सार्थक नभएको उनले आरोप लगाएका छन्।

उनले फेसबुकमा लेखेका छन्-

गत उपनिर्वाचनमा मलाई र डा. स्वर्णिमलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको ‘महागठवन्धन’ले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्। र आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन गरि,सकेसम्म चुनाव चिन्ह समेत एउटै हुने गरि ‘महासहमति’पनि गर्नु होला। ढिला नगरी ‘महागठबन्धनवादी मोर्चा’को घोषणा सभाबारे पनि सुन्न पाइयोस् ।

उद्देश्य एउटै, कार्यशैली एउटै,चरित्र एउटै, गन्तव्य एउटै भएपछि सटर चाहिँ किन बेग्लाबेग्लै ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.