विश्वकपमा भारत र पाकिस्तान भिड्दै, भारतले टस जितेर फिल्डिङ रोज्यो

डिसी नेपाल
२७ असोज २०८० १३:५५
124
Shares

काठमाडौं । विश्वकप २०२३ मा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ। आजको खेलमा भारतले टस जितेर पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

दुई चिर प्रतिद्वन्द्वी टोली एकदिवसीय विश्वकपमा सात पटक आमनेसामने भएका छन् । सात पटक भारतीय टोलीले पाकिस्तानलाई पराजित गरेको छ ।

दुई देशबीचको यो समग्रमा १३५ औं एकदिवसीय खेल हो । यसअघि दुई देशबीच १ सय ३४ खेल भइसकेका छन् । भारतले ५६ खेल जितेको छ भने पाकिस्तानले ७३ खेल जितेको छ ।

एकदिवसीय विश्वकप क्रिकेटमा जहिले पनि दुवै देश आमनेसामने भएका छन् सातै पटक भारतले पाकिस्तानलाई पराजित गरेको छ । टि-२० विश्वकपमा भने पाकिस्तानले पनि जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.