प्रधानसेनापति स्वदेश फिर्ता

डिसी नेपाल
२७ असोज २०८० २२:३१
28
Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्रालयका सचिव किरणराज शर्मा तथा नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरे । बेलायतका चिफ अफ द जनरल स्टाफ पट्रिक सन्डर्सको औपचारिक निमन्त्रणामा यही असोज २१ गते उनी त्यसतर्फ प्रस्थान गरेका थिए । बेलायत भ्रमणका दौरान प्रधानसेनापतिले बेलायती समकक्षीसँग त्यहाँको सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट गरेका थिए ।

उनले रोयल कलेज अफ डिफेन्स स्टडिजको भ्रमण गर्नुका साथै ती शिक्षण संस्थाका कमाण्डेडहरुसँग भेट गरेका थिए । त्यस्तै उनले ब्रिगेड अफ गोर्खाज हेडक्वाटर्सको भ्रमण गरेका थिए । प्रधानसेनापति बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले उनको सम्मानमा नेपाली राजदूतावासमा आयोजना गरेको रात्रिभोजमा सरिक भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.