सरकार गम्भीर नबन्दा धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गयो : कमल थापा

डिसी नेपाल
२९ असोज २०८० १२:०७
36
Shares

काठमाडाैं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान र कानुनले निषेध गरेको कार्यप्रति सरकार संवेदनशील नभएका कारण धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका छन्।

सोमबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले धर्म परिवर्तन गराउने र गौ हत्या जस्ता संविधान र कानुनले निषेध गरेको कार्य भइरहेको प्रति सरकार संवेदनशील हुन नसक्दा धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका हुन्।

उनले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम गराउन संविधान र कानुनको पूर्ण पालना गराउन सरकार गम्भीर हुनुपर्ने बताए। थापाले समाजमा द्वन्द्व भड्काउन सक्ने स्थिति प्रति सबै पक्षहरु सचेत बन्नुपर्ने बताए। त्यस्तै अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले नै जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गरे।

उनले नेपालले नक्सामा समेटेको र भारतले समेत विवादित क्षेत्र भनेर तोकेको कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमण बारे सरकारले कुटनीतिक नोट पठाउनुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.