अर्थतन्त्र छिट्टै लयमा आउँछ : अर्थमन्त्री

डिसी नेपाल
२९ असोज २०८० १७:०६
32
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएकाले छिट्टै लयमा आउने दावी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा मन्त्री महतले अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक संकेत देखिएको भन्दै अन्तर्राष्ट्रिय परिवेश नकारात्मक नभए मुलुकको अर्थतन्त्र छिटै लयमा आउने दावी गरेका हुन् ।

सकारात्मक संकेत बाबजुत बाँकी रहेका अप्ठेरोहरु सबै मिलेर समाधान गर्नुपर्ने उनले बताए । उनले अहिले पनि अन्तराष्ट्रिय तहमा धेरै समस्याहरु देखापरेको भन्दै यसलाई समयमा नरोके नराम्रो रुप लिन सक्ने धारणा राखे । सरकारको तर्फबाट अर्थतन्त्र सुधारका लागि धेरै पहल गरिरहेको पनि उनले बताए ।

उनले अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा रहेकाले नेपाल पनि अछुतो हुन नसकेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.