सन्दीपको अनुपस्थितले टिममा असर पर्नु स्वभाविक हो : कप्तान पौडेल
Photo: CAN
काठमाडौं । नेपालसहित हङकङ र युएई सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज बुधबारबाट काठमाडौंमा सुरु हुदैछ ।
काठमाडौंको मुलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण तयारी सम्पन्न गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।
पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगीता अघि नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले नेपाली टीमले राम्रो तयारी गरिरहेकाले नजिता पनि राम्रो आउने विश्वास व्यक्त गरे । मंगलबार काठमाडौंमा आयोजित प्रि म्याच कन्फ्रेन्समा पौडेलले सन्दीप लामिछानेको अनुपस्थितले टिममा असर पर्नु स्वभाविक रहेको उनले बताए ।
त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मुलपानी क्रिकेट मैदान त्रिकोणात्मक क्रिकेट सिरिज हुनु नेपाली क्रिकेटमा राम्रो सुरुवात भएको बताए । उनले सन्दीपसंग निरन्तर छलफलमा रहेको र परिवारसँग समय बिताउने सन्दीपको इच्छा नकार्न नसकिएको उल्लेख गरे । क्रिकेट संघमा आफुले पाएको जिम्मेवारी बहन गर्न आफु गम्भीर हुने उनको भनाइ छ ।
डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको फाइनल खेल भने कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कार्यक्रम रहेको छ । खेलका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टिमको घोषणा समेत गरिसकेको छ । नेपाली टिमको सूचिमा सन्दीप लामिछानेको इच्छाअनुसार त्रिकोणात्मक सिरिजमा समावेश गरिएको छैन ।







डिसी नेपाल







Facebook Comment