त्रिकोणात्मक टी-२० सिरिज : आज नेपाल र यूएई खेल्दै

डिसी नेपाल
१ कार्तिक २०८० ७:४३
1.4k
Shares

काठमाडौं। त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन्।

दिउँसो १ बजेदेखि मूलपानी क्रिकेट ग्राउन्डमा हुने नेपाल-यूएईबीचको खेलमा नेपाल यूएईलाई हराउँदै विजयी सुरुवात गर्न चाहन्छ। पछिल्लो समय यूएईविरुद्ध नेपालले लगातार जित निकाल्दै आएको छ।

यद्यपि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने यूएईसँग नेपालको विगत प्रदर्शन सुखद छैन। यूएईविरुद्धको पछिल्लो पाँच टी–२० खेलमध्ये नेपालले तीनमा हार तथा दुई खेलमा मात्र जित निकालेको छ। यी दुई टिमले अन्तिमपटक २२ फेब्रुअरी २०२२ मा टी-२० खेलेका थिए।

ओमानमा भएको सो खेलमा यूएईसँग नेपाल ६८ रनले पराजित भएको थियो। नेपाल यसपटक सो हारको बदला लिने रणनीतिमा छ। यूएई भने नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्ने दाउमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.