भारतमा आफ्ना खेलाडीसँग दुर्व्यवहार भएको भन्दै पाकिस्तान क्रिकेट बोर्डको आइसीसीमा उजुरी

डिसी नेपाल
१ कार्तिक २०८० १२:०२
4.7k
Shares

काठमाडौं । अक्टोबर १४ मा अहमदाबादमा भएको भारत र पाकिस्तानबीचको खेलबारे पाकिस्तानी क्रिकेट बोर्डले आईसीसीमा उजुरी गरेको छ । पीसीबी मिडियाले आफ्नो एक्स खातामा यो जानकारी दिएको छ।

ट्वीटमा भनिएको छ, “पीसीबीले १४ अक्टोबर २०२३ मा भारतसँगको खेलमा पाकिस्तानी टोलीलाई निशाना बनाएर अनुपयुक्त व्यवहार गरेकोमा आईसीसीलाई गुनासो गरेको छ।”

यस बाहेक पीसीबीले पाकिस्तानी पत्रकार र फ्यानलाई भारतीय भिसा दिनमा भएको ढिलाइलाई लिएर आईसीसीसँग फेरि मुद्दा उठाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.