युएइले नेपाललाई दियो १४१ रनको लक्ष्य
काठमाडौं । आजदेखि सुरु भएको त्रिकोणात्मक टि–२० सिरिजको पहिलो खेलमा युएइले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको हो ।
युएइका लागि बसिल हमीदले अर्धशतक बनाए । उनले ३८ बलमा १ चौका र ४ छक्काको महतमा ५१ रन बनाए ।
यसबाहेक अली नासेरले ३२, कप्तान मुहम्मद वसीमले १७ र आसिफ खानले १५ रन बनाए ।
नेपालका लागि करण केसीले ३, गुलशन झाले २, सोमपाल कामी र अविनाश बोहराले १–१ विकेट लिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment