एसीसी यू-१९ प्रिमियर कपः नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्दै

डिसी नेपाल
२ कार्तिक २०८० ७:०८
840
Shares

काठमाडौं। आज नेपाल र साउदी अरब बिचमा प्रतिस्पर्धा हुँदैछ। मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न लागेको हो।

सो खेल युएसडी-युकेएम ओभल खेल मैदानमा हुनेछ। सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुँदैछ। यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले नेपाल र साउदी अरब दुबैका लागि ‘मर या गर’ झै अवस्थामा मैदानमा उत्रने छन्।

समूह ए मा रहेको नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई–दुई खेल जितिसकेका छन्। समान ४ अंक भए पनि नेट रन रेटका आधारमा नेपाल भने साउदी अरब भन्दा माथी अर्थात शिर्ष स्थानमा रहेको छ।

यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू–१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्ने छ।

देव खनालको कप्तानीमा नेपाली टोली लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको बेला तेस्रो खेलमा जीत हासिल गरेर सेमिफाइनल पुग्ने विश्वास लिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.