नेपाललाई हङकङले दियो ९५ रनको सामान्य लक्ष्य
काठमाडौं । मूलपानी मैदानमा जारी त्रिदेशीय टि–२० सिरिजको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ निर्धारित २० ओभरको खेलमा १९.३ ओभर खेल्दै ९४ रनको स्कोरमा अलआउट भएको हो ।
नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा मात्रै १५ रन खर्चिएर ४ विकेट लिएका हुन् ।
सोमपाल कामी र अविनाश बोहराले २–२ विकेट लिए भने कुशल मल्ल र मौसम ढकालले १–१ विकेट लिए ।
हङकङका लागि यासमिन मुर्तजाले ३६ र जीसन अलीले १७ रन बनाए । अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment