हिट गीत भाइरल भइदियोका गायक मानसराजको मुड फ्रेसमा आश्मा र सरोजको रोमान्स

डिसी नेपाल
३ कार्तिक २०८० १९:२६
440
Shares

काठमाडौं। भाइरल भइदियो बोलको हिट गीतका गायक मानसराज बोहराको नयाँ गीत मुड फ्रेस रिलिज गरिएको छ। सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानसराजको हो।

अर्कै संसारकी प्रेमीकाको मायामा परेका एक प्रेमीको रोमान्टिक प्रेम कहानीलाई देखाइएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्वय सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्टिक अभिनय देख्न सकिन्छ।

भिडियोमा सरोजकी प्रेमीकाका रुपमा देखिएकी आश्मा अर्कै संसारकी राजकुमारीका रुपमा देखा परेकी छिन्। अझै भनै उनी एलियनको भूमिकामा छिन्। जो पृथ्वीमा आएर एउटा वैँशालु उमेरमा युवकलाई माया प्रेममा पारेर आफ्नो संसारमा फर्किन्छिन्।

जुन दृश्यलाई निर्देशक सरोज अधिकारीले निकै नै कलात्मक शैलीमा भिडियोमा देखाएका छन्। निर्देशक सरोजकै कन्सेप्ट र कोरियोग्राफी रहेको सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिगं तथा मास्टरिगं नरेन्द वियोगीले गरेका हुन्।

नवराज अधिकारीको छायांकन तथा सुरज अधिकारीको सम्पादन रहेको सार्वजनिक गीतका गायक मानसराज गायनका अलावा थिएटरमा पनि अभिनय गर्न माहिर छन्।

उनको रचना रहेको फिल्म रेशम फिलिलिमा समावेश बहुचर्चित गीत पारि त्यो डाडामा हेर घाम लाग्यो घमाइलो, चलचित्र डायरीको माया मायामा, भाईरल भैदियो, हिरो , लैलै राजकुमारी लगायतका छन्। सार्वजनिक गीत मुड फ्रेस कार्टुन क्रुज नामक युट्युबबाट रिलिज गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.