जनकपुरको राजदेवी शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइयो

डिसी नेपाल
४ कार्तिक २०८० १८:३७
208
Shares

महेन्द्रनगर (धनुषा)। जनकपुरधामको राजदेवी शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ।

दशैंको सातौं दिन शनिबार राजा जनककी कुलदेवीको रुपमा मानिने राजदेवी मन्दिरसहितका शक्तिपीठमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सलामीका साथ फूलपाती भित्र्याइएको हो।

मन्दिरबाट बाजागाजासहित निस्केको भक्तजनको समूहले शक्तिपीठ नजिक रहेका बेलको रुखमुनि गएर हिन्दू परम्पराअनुसार पूजा पाठ गरेका थिए।

नवरात्र प्रारम्भ भएदेखि नै यहाँका प्रमुख शक्तिपीठ बौद्धिमाइ, अमरखाना माइ, भगवती मन्दिर, सोनासतिलगायत अन्य शक्तिपीठमा भक्तजनको भीड लागेको छ।

राजदेवी मन्दिर परिसरमा विशेष मेला पनि लागेको छ । दसैँ मेला यहाँ गाउँ गाउँबाट मानिस आएका छन् । मेलामा अवाञ्छित गतिविधि हुननदिन पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.