आइसिसी टी-२० : नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं। नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुँदैछ। आइसिसी टी-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो।
सो खेल दिउँसो १ः १५ बजेवाट सुरु हुनेछ। समूह एकका सबै खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ।
पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो। नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment