मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप एसिया छनोट अन्तर्गत आजको खेलमा मलेसियाले नेपाललाई जीतको लागि १६६ रनको लक्ष्य दिएको छ ।
किर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन बनाएको हो ।
मलेसियाका लागि सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा ८ चौका र २ छक्का हाने । जुबैदी जुल्केफ्लेले २३ रन बनाए । सर्विन मनियान्डी र विजय उन्नीलदे समान १३ रन बनाए ।
नेपालका लागि अविनाश बोहराले सर्वाधिक ४ विकेट दिए । सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले समान १–१ विकेट दिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment