गुटेरेसले संसदमा गरेको सम्बोधन नेपालका लागि निकै राम्रो : अ‍ोली

डिसी नेपाल
१४ कार्तिक २०८० १८:१२
84
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा गरेको सम्बोधन नेपालका लागि निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार संसद भवनमा प्रतिक्रिया दिदै ओलीले नेपालको शान्तिप्रक्रिया देखि जलवायु परिवर्तन लगायतका विषयमा महासचिव गुटेरेसले व्यक्त गरेको अभिव्यक्ति निकै राम्रो भएको प्रतिक्रिया दिएका हुन् । नेपालको राम्रो मूल्याङकन गरेको, विपन्न राष्ट्रहरुलाई सम्पन्न राष्ट्रहरुले सहयोग गर्नुपर्ने तथा जलवायु परिवर्तनको असरमा नेपालको सजकताको गुटेरेसले विशेष प्रसंसा गरेको उनले बताए ।

ओलीले पीडितलाई न्यायका साथै सर्वोच्च अदालतको आदेश र अन्तराष्ट्रिय मान्यता अनुसार शान्ति प्रक्रियालाई छिटो टुङ्गोमा पुराउन सुझाव दिएको भन्दै पार्टीले समेत धन्यवाद दिने बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.