विश्वकप क्रिकेटमा पाकिस्तानद्वारा बंगलादेश सात विकेटले पराजित
काठमाडौं। विश्वकप अन्तर्गत हिजो भएको खेलमा पाकिस्तानले बंगलादेशलाई सात विकेटले पराजित गरेको छ। यो जितपछि पाकिस्तानले ६ अंक जोड्दै अफगानिस्तानलाई उछिनेर पाँचौं स्थानमा उक्लेको छ।
लगातार चारवटा खेलमा हार व्यहोरेपछि पाकिस्तानको लागि यो जित निस्केको हो। अब पाकिस्तानको सेमिफाइनल यात्राको सम्भावना सहज बनेको छ । बंगलादेश भने २ अंकसहित नवौं स्थानमा रह्यो । यो हारसंगै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ।
जितका लागि २ सय ५ रन पछ्याएको पाकिस्तानले ३२.३ ओभरमा ३ विकेट गुमाएर विजयी रन बनायो। त्यसमा अब्दुल्लाह सफिकले ६८ र फखर जमानले ८१ रन बनाए।
त्यस अगाडि पहिले ब्याटिङ गरेको बंगलादेशले ४५.१ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment