आरोहणका लागि अनुमति नभएका हिमाल खुला गर्नुपर्छ : राष्ट्रपति

डिसी नेपाल
१५ कार्तिक २०८० १३:४३
36
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेका अनगिन्ती हिमालहरूमध्ये आरोहणका लागि अनुमति नभएका हिमालहरू तत्काल खुला गर्दै प्रवर्द्धन गर्न तत्काल पहल लिन जरुरी रहेको बताएका छन्।

पर्वतारोहण संघको ५० औं वार्षिकोत्सव समारोहमा बुधबार उनले नेपाल सरकारलाई ती हिमालहरूको आरोहण खुला गर्दै व्यवस्थापन र प्रवर्द्धनको जिम्मेवारीबारे उपयुक्त निर्णय लिनुपर्ने धारणा व्यक्त गरे। राष्ट्रपति पौडेलले हिमालहरूको व्यवस्थापन र प्रवर्द्धनका लागि नेपाल पर्वतारोहण संघ राम्रो साझेदार हुन सक्ने बताए।

उनले नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्न दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवद्र्धनमा उपयोग गर्दै आएकोमा प्रशंसा गरे।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघ र युनियन अफ एशियन अल्पाइन एसोसिएसन मार्फत संघले कायम राखेको विश्वव्यापी सञ्जालले हाम्रो पर्वतीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न नेपाल सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.