रिगलको आममाफी बिरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने

डिसी नेपाल
१६ कार्तिक २०८० ७:१४
16
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता योगराज ढकाल (रिगल) लाई दिएको आममाफीका बारेमा सर्वोच्च अदालतमा आज फैसाला हुँदैछ।

योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि त्यसका बिरुद्धमा भारती शर्माले दिएको मुद्धामा आज सर्वोच्च अदालतले फैसाला सुनाउन लागेको हो।

सर्वोच्च अदालतका न्यायाधीसत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने जानकारी दिए अनुसार आज सुनाउन लागिएको हो।

संविधान दिवसका अवसरमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रि परिषद्ले ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गरेको थियो। सरकारको उक्त सिफारिससँगै राष्ट्रपति पौडेलले कांग्रेसको भातृ संस्था तरुण दलका नेता ढकाल कारागारमुक्त हुन पुगेका थिए।

ढकालले दिन दहाडै हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शर्माले रिगल निस्के पछि थप अन्यायमा परेकाे भन्दै राष्ट्रपतिको सो कदमबिरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन्। अदालतमा पटक पटक भएको सुनवाई पछि आज सर्वोच्चले फैसाला दिन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.