भारतका अलराउण्डर हार्दिक पाण्ड्या घाइते, श्रीलंका विरुद्धको खेल नखेल्ने

डिसी नेपाल
१६ कार्तिक २०८० ११:३४
468
Shares

काठमाडौं । भारतीय क्रिकेट टोलीका स्टार अलराउन्डर हार्दिक पाण्ड्या श्रीलंकाविरुद्धको खेलमा टोलीमा छैनन् । श्रीलंका र भारतबीचको खेल आज बिहीबार हुनेछ । यो खेल मुम्बईमा हुनेछ ।

भारतीय टोली अहिलेसम्म प्रतियोगितामा अपराजित छ । हार्दिक पाण्ड्या टोलीका महत्वपूर्ण खेलाडी हुन् । जब उनी टोलीमा हुन्छन्, ब्याटिङ र बलिङ दुवै मोर्चामा थप बल प्राप्त हुन्छ। पछिल्लो दुई खेलमा उनी प्लेइङ इलेवनमा छैनन् ।

पुणेमा बंगलादेशविरुद्ध बलिङ गर्दा आफ्नो ओभरको तेस्रो बलमा लिटन दासको स्ट्रेट ड्राइभ रोक्न खोज्दा उनको खुट्टामा चोट लागेको थियो।

त्यसयता हार्दिक पाण्ड्या बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा उपचार गराइरहेका छन् र उनी टोलीमा परेका छैनन् ।

बंगलादेशविरुद्धको खेलमा चोट लाग्नुअघि हार्दिक पाण्ड्याले यो विश्वकपमा तीन खेल खेलेका थिए भने पाँच विकेट पनि लिएका थिए । तर न्युजिल्यान्ड र इंग्ल्याण्ड विरुद्धको महत्वपूर्ण खेलमा पाण्ड्या टोलीको हिस्सा बन्न सकेनन् ।

भारत सेमिफाइनल पुग्ने लगभग निश्चित भइसकेकाले नकआउट खेलका लागि पाण्ड्या पूर्णरुपमा फिट भएर फर्किउन् भन्ने टोली व्यवस्थापनले चाहेको विज्ञहरू बताउँछन् ।

पाण्ड्या बाहिरिएपछि भारतीय प्लेइङ इलेभेनमा दुई परिवर्तन गरिएको छ । टोलीमा मोहम्मद शामी र सूर्यकुमार यादवले मौका पाएका छन् । दुवै खेलाडी अवसरको सदुपयोग गर्न सफल भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.