महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियोः माओवादी केन्द्र

डिसी नेपाल
१६ कार्तिक २०८० १५:२७
20
Shares

काठमाडौं। सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश गएको दाबी गरेको छ।

गत आइतबारदेखि चारदिन नेपाल भ्रमण सकेर बुधबार महासचिव गुटेरेस फर्किएका थिए । उक्त भ्रमणले संसारभर बहुआयामिक सन्देश दिएको माओवादीले दाबी गरेको हो ।

बिहीबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा भएको विश्व शान्तिको अपिल र जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण हुनुसहित बहुआयामिक सन्देश दिएको दाबी गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको बैठक चलिरहेका बेला गुटेरेस नेपाल आउनु नै ठूलो कुरा बताएका माओवादी प्रवक्ता सापकोटाले उनको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश गएको बताए ।

बुद्धको बारेमा दूराशयपूर्ण ढंगले प्रश्न उठाउन खोजिएका बेला उनकै जन्मभूमि लुम्बिनीबाट महासचिव गुटेरेसले विश्व शान्तिको अपिल गर्नु र गौरवको कुरा भएको प्रवक्ता सापकोटाको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.