लक्ष्मी कोइरी खोइ? भन्दै रविले प्रश्न गरेपछि रामहरिले शिर निहुराए

डिसी नेपाल
१७ कार्तिक २०८० १०:३७
1.2k
Shares

काठमाडौं। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दुई नेताका बीचमा भएको एउटा भिडियो भाइरल भइरहेको छ।

केही दिन अघि सो समितिमा भएको एउटा सम्बादको भिडियो दृश्य यतिखेर भाइरल भइरहेको हो।

खासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्री हुदाँ सो समितिका सभापति सांसद मात्रै हुदाँ रामहरि खतिवडाले ‘लक्ष्मी महतो कोइरी खै?’ भन्दै प्रश्न गरेका थिए। उनैले त्यसको अहिले उल्टै प्रश्न गरेर ‘बदला’ लिएका छन्।

तर, लामिछाने यतिखेर गृह मन्त्रीको जिम्मेवारी भन्दा बाहिर रहेका छन् र खतिवडाको पार्टी नेपाली कांग्रेस सरकारमा सामेल छ। यस मौका पारेर लामिछानेले सभापति खतिवडालाई उल्टै प्रश्न गरेका थिएँ तर लामिछानको प्रश्नको भने खतिवडाले कुनै जवाफ दिएनन्, बरु शिर निहुराएर निरुत्तर हुन पुगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको हो।

‘लक्ष्मी कोइरी महतो खोइ भनेर सभापतिज्युले बढो सोध्नु भएको थियो, अब म तपाइलाइ सोध्न चाहान्छु, तपाइँको पार्टी सरकारमा छ, सबैभन्दा ठूलो दलको रूपमा छ, लक्ष्मी महतो कोइरी खै?’ उनले यो प्रश्न गरे पछि सभापति खतिवडाले शिर निहुराएका थिए। जसलाई अहिले भाइरल बनाइएको छ।




प्रतिक्रिया

One thought on “लक्ष्मी कोइरी खोइ? भन्दै रविले प्रश्न गरेपछि रामहरिले शिर निहुराए

  1. प्रश्न जस्ले जसलाई गरे पनी आखिरी नेपालको सामसद लाई कमाइ खाने भाडो बनाएको छ । रबि छवि केपी जस्ताहरुले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.