टि–२० विश्वकपमा छनोट हुनको लागि नेपाललाई १३५ रनको लक्ष्य
काठमाडौं । टि–२० विश्वकप छनोट एसिया फाइनल प्रतियोगिताको सेमिफाइनलमा युएइले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ राजेको युएइले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको हो ।
युएइका लागि वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । कप्तान मुहम्मद वसीमले २६, अलीसान सफारुले १६ र आसिफ खानले १३ रन बनाए । अरु कसैले पनि दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
नेपालका लागि कुशल मल्लले ३ विकेट लिए । सन्दीप लामिछानेले २ विकेट तथा सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट लिए ।
नेपालले यो सेमिफाइनल प्रतियोगिता जितेर फाइनलसम्म पुग्न सकेमा आगामी वर्ष २०२४ मा भारतमा हुने टि–२० विश्वकपका लागि छनोट हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment