आजको फाइनलमा छक्का हानेको बल एक हातले क्याच गर्ने दर्शकलाई २० हजार पुरस्कार

डिसी नेपाल
१९ कार्तिक २०८० १०:२४
3.4k
Shares

काठमाडौं । आइसीसी टि–२० विश्वकप एसिया छनोटको फाइनल खेलमा ब्याटरले छक्का हानेको बल एक हातले क्याच गर्ने दर्शकले २० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

इलेक्ट्रोनिक कम्पनी एक्स एजले यो पुरस्कार दिने घोषणा गरेको हो । आजको फाइनल खेल नेपाल र ओमानबीच किर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

आजको फाइनलमा पुगेसँगै नेपाल र ओमान दुवै आगामी वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टि–२० विश्वकपका लागि छनोट भइसकेका छन् । त्यसैले यो खेल दुवै देशको लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।

आजको फाइनल खेलमा ठूलो संख्यामा दर्शक आउने अपेक्षा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आजको खेलमा टिकटबाट उठेको रकमको ५० प्रतिशत जाजरकोट केन्द्रविन्दू भएर गएको भूकम्पका पीडितहरुलाई सहयोग गर्ने घोषणा गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.