ऐतिहासिक इनिङ्स खेलेर अविश्वसनीय जीत हासिल गर्ने म्याक्सवेलले प्रशंशाबारे के भने ?
काठमाडौं । ग्लेन म्याक्सवेलको अफगानिस्तान विरुद्धको अविश्वसनीय इनिङ्सका लागि धेरै प्रशंसा भइरहेको छ जसले अष्ट्रेलियालाई जित दिलायो। म्याक्सवेलले आफ्नो प्रशंसा गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
म्याक्सवेलले सामाजिक प्लेटफर्म एक्स मा लेखे, “प्रशंसाबाट अभिभूत छु । सन्देश पठाउने सबैलाई धेरै धेरै धन्यवाद। प्याट कमिन्सले पनि मैदानमा उत्कृष्ट प्रदर्शन देखाए।”
मंगलबार मुम्बईमा भएको खेलमा म्याक्सवेलले १२८ बलमा अविजित २०१ रन बनाएका थिए ।
अष्ट्रेलियाले जितका लागि २९२ रनको लक्ष्य पछ्याउँदा ९१ रनमा नै सात विकेट गुमाएको बेला उनले यो इनिङ खेलेका थिए ।
म्याक्सवेलले कप्तान प्याट कमिन्ससँग आठौं विकेटका लागि अविजित २०२ रनको साझेदारी गरे। कमिन्सले १२ रन मात्र बनाए तर विकेट कायम राखे ।
म्याक्सवेलको इनिङ्सको सचिन तेन्दुलकर, वीभीएस लक्ष्मण र वसिम अकरमलगायत क्रिकेट इतिहासका धेरै महान खेलाडीहरूले प्रशंसा गरेका छन्।







डिसी नेपाल







Facebook Comment