प्रहरी घेरामा एन्फाको विशेष साधारणसभा, अध्यक्ष नेम्वाङ विरुद्धको प्रस्ताव निर्णयार्थ पेश गरिने
हेटौंडा। प्रहरीको सुरक्षा घेरा भित्र अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सुरु हुँदै छ।
अहिले बिहान १० बजेदेखी हेटौँडामा विशेष साधारणसभा सुरु हुन लागेको हो।
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध यसअघि गरिएको अविश्वासको प्रस्ताव निर्णायक रुपमा पेश गर्ने अजेन्डा रहेको जनाईएको छ।
साधारणसभा स्थल हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेस बाहिर अत्याधिक मात्रामा प्रहरी परिचालन गरिएको छ।
गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखे पछि एन्फाको बिबाद चरम सीमामा पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment