युरोपा लिग: टोउलोउससँग लिभरपुल पराजित

डिसी नेपाल
२४ कार्तिक २०८० ७:४२
52
Shares

काठमाडौं। लिभरपुल युइएफए युरोपा लिग अन्तर्गतको खेलमा फ्रेन्च क्लब टोउलोउससँग पराजित भएको छ। गएराती सम्पन्न समुह ई अन्तर्गतको खेलमा लिभरपुल टोउलोउससँग ३-२ गोल अन्तरले पराजित भएको हो।

टोउलोउसको जितमा एरोन डोनम, थिस डालिंगा र् फ्र्यांक माग्रीले एक एक गोल गरेका थिए। त्यस्तै लिभरपुलका लागि डिओगो जोटाले एक गोल गरेका थिए भने एक गोल टोउलोउसका क्रिस्टियन कासेरेज जुनियरले आत्मघाती गोल गरेका थिए।

यस सिजनको युरोपा लिगमा लिभरपुलको यो पहिलो हार हो । यो हारपछि समुह ई मा लिभरपुलको ४ खेलमा ९ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ।

त्यस्तै यो जितपछि टोउलोउसको भने ४ खेलमा ७ अंक भएको छ र समुहमा द्सोरो स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.