बेन्जमाको ह्याट्रिकमा इत्तिहादको जित
काठमाडौं। करिम बेन्जमाको ह्याट्रिकमा अल इत्तिहादले अभा क्लबलाई पराजित गरेको छ। साउदी प्रो लिग अन्तर्गतको गएराति सम्पन्न खेलमा अल इत्तिहादले अभालाई ४-२ गोल अन्तरले पराजित गरेको हो।
अल इत्तिहादको जितमा करिम बेन्जमाले ह्याट्रिक गरेका थिए। त्यसैगरी इत्तिहादका लागि अर्को गोल इगोर कोरोनाडोले गरेका थिए। त्यस्तै अभाका लागि कार्ल तोको र् फहाद अल जुमायाहले एक एक गोल गरेका थिए।
यो जितपछि इत्तिहादको १३ खेलमा २४ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै अभाको १३ खेलमा १३ अंक रहेको छ र लिमा १३औं स्थानमै रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment