रचना रिमालको ‘थोपा’ मा आरके र अनुजाको रोमान्स

डिसी नेपाल
६ मंसिर २०८० १३:२१
264
Shares

काठमाडौं। चर्चित गायिका रचना रिमालको स्वर रहेको थोपा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। नविन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ। जसमा राहुल प्रधानको एरेन्ज रहेको छ।

भिडियोले प्रेमीले धोका दिएपछि एक्लीएकी प्रेमीकाको विरहको कथालाई निर्देशक गौरव गिरीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्।

सुदूरपश्चिमको रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा आरके परियार, अनुजा सिंह र मिसेल घिमिरेको बेजोड अभिनय देख्न सकिन्छ। भिडियोमा सन्तोस तामागंको सिनेमाटोग्राफी, भद्रजंग कुँवरको सम्पादन तथा कलरि श्याम कुँवरको रहेको छ।

भिडियो बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको यट्युब च्यानल मार्फत बजारमा आएको हो। केही समय अघि मात्रै संगीतकार नागेन्द्रले अञ्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मेको भिडियो सार्वजनिक भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.