कमल थापाले भोलि बोलाए कार्य सम्पादन समितिको बैठक
काठमाडौं। राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक साेमबार बिहान आठ बजे बस्ने भएको छ।
पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न साेमबार बिहान बैठक डाकिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
“काठमाडौंमा उपलब्ध कार्य सम्पादन समितिका सदस्यहरुलाई सचिवालयमार्फत खबर गरिएको छ,उपत्यका बाहिरका पनि अनुकुल हुने उपस्थित हुनुहुनेछ ” बर्तौलाले भने।
उनका अनुसार पछिल्लो समय भएको आन्दोलन, ब्यबस्था र नेतृत्व तहप्रति देखिएको जनताको बितृष्णा र आक्रोश, मुलुकको अबस्थाका बारेमा महत्त्वपूर्ण छलफल भई पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ।
गृह जिल्ला हेटौंडामा रहेका थापा बैठकका निमित्त भनि काठमाडौं आइपुगिसकेका छन्। थापाले पार्टीले अबलम्बन गर्ने नीति ,सिद्धान्त ,एजेन्डाको पक्षमा जसले आवाज उठाए आन्दोलन गरे पनि नैतिक समर्थन हुने स्पष्ट पारेका थिए।
दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरी दमनको थापाले बिरोध गरेका छन् भने जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भिरतापुर्बक लिन सत्तासिन दलहरुलाई आग्रह गरेका थिए।
केही दल र नेताहरुले राजाको बिरोध गरेकोमा थापाले असन्तुष्टि ब्यक्त गर्दै यो राजसंस्था प्रतिको आकर्षणका विरुद्ध गणतान्त्रिक नेताहरुको बर्बराहट भन्ने टिप्पणी गरेका थिए।







डिसी नेपाल








Facebook Comment