विश्वकप ट्रफीमाथि खुट्टा राखेको बारेमा मिचेल मार्सले के भने ?
काठमाडौं । अस्ट्रेलियाका क्रिकेटर मिचेल मार्सले विश्वकप ट्रफीमा खुट्टा राखेको विवादबारे पहिलो प्रतिक्रिया दिएका छन् ।
उनले यसमा अपमानजनक केही नभएको र यो विवादास्पद कार्य दोहोर्याउन आफूलाई कुनै समस्या नहुने बताउँदै आफ्नो बचाउ गरे ।
विश्वकप जितेलगत्तै अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले आफ्नो इन्स्टाग्राम अकाउन्टमा मिचेल मार्स ट्रफीमा खुट्टा राखेर बसेको तस्वीर सार्वजनिक गरेका थिए ।
यो तस्वीर अहिले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
मार्सले एक कार्यक्रममा भनेका छन्, ‘तस्विरमा आपत्तिजनक केही थिएन । मैले यसको बारेमा धेरै सोचेको छैन। सामाजिक सञ्जालमा पनि यसबारे खासै चर्चा भएको छैन । तर, कतिपयले यो निकै चर्चाको विषय बनेको बताएका छन् । तर यसमा केही छैन ।”
भारतीय फास्ट बलर मोहम्मद शमीले पनि यो विषयमा कमेन्ट गरेका छन् र यो तस्विर देखेर आफू दुखी भएको बताएका छन् ।
शमीले भनेका थिए, ‘जुन ट्रफीका लागि विश्वका सबै टोली लड्छन् । जसलाई आफ्नो टाउकोमाथि उठाउन चाहन्छन् त्यो ट्रफीमा कसैले पाइला राखेको देख्दा म खुसी छैन।”







डिसी नेपाल








Facebook Comment