पाकिस्तानलाई उछिन्दै भारतले टी–२० मा नयाँ कीर्तिमान बनायो
काठमाडौं । शुक्रबार भएको टी–२० सिरिजको चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले पराजित गरेको छ । योसँगै टीम इन्डिया यस फर्म्याटमा सबैभन्दा धेरै खेल जित्ने टोली बनेको छ ।
अहिलेसम्म यो फर्म्याटमा सबैभन्दा धेरै जितको कीर्तिमान पाकिस्तानको नाममा थियो । सन् २००६ देखि भारतले यस ढाँचामा २१३ खेल खेलेको छ । जसमध्ये १३६ खेलमा जित र ६७ खेलमा हार बेहोरेको छ ।
पाकिस्तानले अहिलेसम्म २२६ खेल खेलेको छ । उसले १३५ खेल जित्न सफल भएको छ । न्यूजिल्याण्डले २०० मध्ये १०२ खेल जितेको छ भने अष्ट्रेलियाले १८१ मध्ये ९५ जितेको छ । दक्षिण अफ्रिकाले १७१ खेलमध्ये ९५ खेल जितेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment