युरोकप २०२४ को ड्र, कुन देश कुन समूहमा परे?

डिसी नेपाल
१७ मंसिर २०८० ८:४४
316
Shares

काठमाडौं। युरोकप २०२४ मा हुने युरो कपको समूहको ड्र गरिएको छ। युरोकप २०२४ को जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुँदै छ।

गएराति गरिएको ड्र मा स्पेन, इटाली र क्रोसिया एकै समूहमा परेका छन्। समूह बीलाई यस युरोको ग्रुप अफ डेथ भनिएको छ।

त्यस्तै फ्रान्स र नेदरल्याण्डस पनि एकै समूह डी मा परेका छन्। युरोपका २४ देशले भाग लिने युरोकपमा अझै ३ देश प्लेअफबाट छानिन बाँकी रहेको छ।

अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन्।

प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ। प्लेअफका खेल आगामी मार्चमा हुने छन्।

समूह ए

जर्मनी, स्कटल्याण्ड, हंगेरी र स्वीजरल्याण्ड

समूह बी

स्पेन, इटाली, क्रोसिया र अल्बानिया

समूह सी

स्लोभेनिया, डेनमार्क, सर्बिया र ईङल्याण्ड

समूह डी

फ्रान्स, अस्ट्रिया, नेदरल्याण्डस र प्लेअफ ए विजेता (पोल्याण्ड, वेल्स, फिनल्याण्ड र इस्टोनिया)

समूह ई

बेल्जियम, स्लोभाकिया, रोमानिया र प्लेअफ बी विजेता (इजरायल, बोसनिया, युक्रेन र आइसल्याण्ड)

समूह एफ

पोर्चुगल, टर्की, चेक रिपब्लिक र प्लेस सी विजेता (ग्रीस, जर्जिया, काजकिस्तान र लक्जेम्बर्ग।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.